Kathmandu Press

पाँच दिनदेखि बेपत्ता भएका पथप्रर्दशकको शव फेला

सोलुखुम्बु जिल्ला पासाङ ल्हामु गाउँपालिका–१ का ३८ वर्षीय पथप्रर्दशक फुछेत्तर लामाको आज शव भेटिएको हाे।
पाँच दिनदेखि बेपत्ता भएका पथप्रर्दशकको शव फेला

गाेरखा, असाेज २५ : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित लार्केपास क्षेत्रमा गएको पाँच दिनदेखि बेपत्ता भएका एक पथप्रर्दशकको शव भेटिएको छ।

सोलुखुम्बु जिल्ला पासाङ ल्हामु गाउँपालिका–१ घर भएका ३८ वर्षीय पथप्रर्दशक फुछेत्तर लामाको आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए।

Hardik ivf

यही असोज २० गते दुई जर्मन नागरिकलाई मनाङको भीमथाङ छाडेर फर्केका लामा फर्कने क्रममा एक्कासि बेपत्ता भएका थिए।

लामासँगै गएका चुमनुब्री गाउँपालिका–२ का फूर्वा लामाले सामागाउँ प्रहरी चौकीमा पथप्रर्दशक लामा बेपत्ता भएको बारेमा जानकारी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।

'घटनाको दुई दिनपछि २२ गतेमात्र गाइड हराएको भन्ने बारेमा सँगै गएका पोर्टरले खबर गरेपछि उहाँ बेपत्ता भएको थाहा भएको हो,' प्रहरी उपरीक्षक खनालले भने, 'घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजी गर्दा आज शव फेला पर्‍यो।'

लामाको शव उद्धार गरी सामागाउँमा ल्याई मुचुल्का तयार पारेर एभरेष्ट एयरको हेलिकाेप्टरमार्फत शव परीक्षणका लागि काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए।

 

प्रकाशित मिति: २०:४९ बजे, मंगलबार, असोज २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्