Kathmandu Press

मुलुकमा राजनीतिक स्थायित्व नभए राष्ट्रियता कमजोर हुँदै जान्छ : उपाध्यक्ष पाेखरेल

नेपालको राजनीति अहिले दुई ध्रुवमा बाँडिएको भन्दै त्यसमध्ये एउटा ध्रुवको नेतृत्व एमालेले र अर्को ध्रुवको नेतृत्व गठबन्धनले गरिरहेको उनको भनाइ छ।
मुलुकमा राजनीतिक स्थायित्व नभए राष्ट्रियता कमजोर हुँदै जान्छ : उपाध्यक्ष पाेखरेल

काठमाडाैं, असाेज २५ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व नभए राष्ट्रियता कमजोर हुने बताएका छन।

मंगलबार एमाले काठमाडौं क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटी घोषणा सभामा पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका लागि राजनीतिक स्थायीत्व आवश्यक रहेको भन्दै यसका लागि एमालेलाई बिजयी गराउनुपर्ने बताएका हुन।

उनले मुलुकको बिकास र समृद्धिका लागि एमालेले पुनः नेतृत्व गर्न चाहेको धारणा राखे। पोखरेलले अहिलेको सत्ता गठबन्धनको कुनै दृष्टिकोण र गन्तव्य नरहेको र एकमात्रै उदेश्य एमालेलाई सिद्धाउने अपराधिक गन्तव्य मात्र रहेको आरोप लगाए।

नेपालको राजनीति अहिले दुई  ध्रुवमा बाँडिएको भन्दै त्यसमध्ये एउटा ध्रुवको नेतृत्व एमालेले र अर्को ध्रुवको नेतृत्व गठबन्धनले गरिरहेको उनको भनाइ छ। पोखरेलले मंसिर चारको निर्वाचनपछि एमालेले नेतृत्व गरेको ध्रुवले मुलुकको नेतृत्व गर्ने जिकिर गरे।

उनले यसअघि आफुले गर्न नसकेको कामलाई आगामी कार्यकालमा निरन्तरता दिने समेत बताए। कार्यक्रममा पोखरेलले ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेका थिए।

प्रकाशित मिति: २०:२९ बजे, मंगलबार, असोज २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्