Kathmandu Press

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्प्तालमा उपचारत रहेका जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको अस्पतालका अस्पतालले जनाएकाे छ ।
सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

काठमाडाैं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ ।

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्प्तालमा उपचारत रहेका जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको अस्पतालका अस्पतालले जनाएकाे छ ।

Hardik ivf

'मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको र उहाँले सामान्य प्रतिक्रिया देखाउनुभएको छ,' मंगलबार अस्पतालले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ ।

जोशीमा निमोनियाको संक्रमण देखिएपछि साे नियन्त्रणका लागि एन्टिवायोटिक्स् कोर्स जारी राखिएको अस्पतालले बताइएको छ।

स्वास्थ्यमा समस्या आएपछि १८ दिनदेखि उनको अस्पतालमा राखेर उपचार गरिएको छ । उनको अहिले सघन उपचार कक्षमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १८:५४ बजे, मंगलबार, असोज २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्