Kathmandu Press

बाढी प्रभावितको उद्दारमा नेपाली सेना

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कैलालीको भजनी नगरपालिका–३ पक्रेडाँडाको डुबान प्रभावित इलाकामा स्थानीयको उद्दार गर्नुका साथै राहत सामग्री वितरण गरिएको छ।
बाढी प्रभावितको उद्दारमा नेपाली सेना

बाँके, असाेज २५ : केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी/पहिरोबाट जनजीवन प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्दार गरिरहेको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कैलालीको भजनी नगरपालिका–३ पक्रेडाँडाको डुबान प्रभावित इलाकामा स्थानीयको उद्दार गर्नुका साथै राहत सामग्री वितरण गरिएको छ।  

Hardik ivf

बाँकेको डुडुवा गाउँपालिका, वडा नं. १ खडैचा कृषि चौफेरी गाउँमा राप्ति खोला र डुडुवा खोलाको पानी पसेर डुबानबाट प्रभावित स्थानीयको उक्त गाउँपालिकासँग समन्वय गरी उद्धारका साथै खाना र पानीसमेत उपलब्ध गराएको सेनाले जनाएको छ।

कैलालीको विभिन्न डुबान प्रभावित इलाकामा स्थानीय र उनका सामग्री स्थानान्तरण गर्नुका साथै सेनाले बाढीको कारण हुलाकी राजमार्गमा आवतजावत गर्न समस्यामा परेका यात्रीहरुलाई सकुशल उद्धार गरेको छ। जुम्ला र कालिकोटामा सेनाले हेलिकप्टरमार्फत चार जनाको उद्दार गरि सुर्खेतसम्म पुर्‍याएको छ।

सेनाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा, गायत्री टोल आसपासको क्षेत्र डुबानमा परि घरभित्र फसेका करिब ८२ घरधुरीका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो। डुडुवा गाउँपालिका वडा नं. १ खडैचा, चौफेरी गाउँका डुबान प्रभावित स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिइएको छ।

बर्दियाको गुलरिया नगरपालिका–८ थपुवामा बबई नदीमा आएको बाढीले कटान गरी जोखिममा रहेको करिब ५० मिटर बाध निर्माण गरिएको छ।

प्रकाशित मिति: १८:१४ बजे, मंगलबार, असोज २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्