Kathmandu Press

भेनेजुएला पहिरोमा परी ३६ को मृत्यु

भेनेजुएला पहिरोमा परी ३६ को मृत्यु

भेनेजुएला, असोज २५ : भेनेजुएलामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या  ३६ पुगेको छ ।  सो पहिरोमा परेर अरु ५६ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले जनाएका छन् । भेनेजुएलाको उत्तरी आर्गु प्रान्तमा केही दिनदेखिको अविरल वर्षापछि आइतबार बाढी आएको र पहिरो खसेको थियो । 

भेनेजुएला सरकारले प्रभावित क्षेत्रमा तीन सय टन खाद्यान्न र पानी वितरण गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । तीन हजार भन्दा बढी सदस्यहरू पुलिस र दमकल विभागहरू, नागरिक सुरक्षा एजेन्सी र बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू उद्धार प्रयासहरुमा मद्दत गर्न खटाइएको छ । 

Hardik ivf

भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले आइतबार सो दुर्घटनाको पुष्टि गरेका थिए। उनले आइतबारदेखि तीन दिनसम्म देशव्यापी रुपमा शोकको पनि घोषणा गरेका छन्।

यनको उत्तरी आर्गु प्रान्तमा अविरल वर्षापछि नदीहरु बढेका र यसपछि आएको बाढीबाट पहिरो गएको पनि राष्ट्रपति मोदुरोको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

सो विज्ञप्तिका अनुसार राष्ट्रपति मोदुरोले विपद्मा परेकालाई उद्धारका लागि खट्न पनि आग्रह गरिएको छ । पहिरोको नजिकका बस्तीहरुलाई पनि सार्न थालिएको छ । त्यसका लागि पनि उद्धारकर्मी तथा सुरक्षा निकायका अधिकारीहरुले खटिरहेका बताइएको छ। 

प्रकाशित मिति: १७:३४ बजे, मंगलबार, असोज २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्