Kathmandu Press

११ र १२ को वार्षिक परीक्षा वैशाखमा, नतिजा साउनभित्रै

सर्वाजनिक तालिकाअनुसार कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो र ११ को अन्तिम साता हुने छ। परीक्षाको नतिजा साउन मसान्तभित्रै प्रकाशित हुनेछ।
११ र १२ को वार्षिक परीक्षा वैशाखमा, नतिजा साउनभित्रै

काठमाडौं, असोज २५ : कक्षा ११ र १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले मंगलबार शैक्षिक सत्र २०७९÷८० को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो।

सर्वाजनिक तालिकाअनुसार कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो र ११ को अन्तिम साता हुने छ। परीक्षाको नतिजा साउन मसान्तभित्रै प्रकाशित हुने बोर्डले जनाएको छ।

Hardik ivf

यस्तै, कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षा २०८० वैशाख तेस्रो सातादेखि सञ्चालन हुनेछ । नतिजा भदौ मसान्तभित्र नतिजा प्रकाशन गरिनेछ।

नयाँ शैक्षिक पत्रको १२ कक्षा पठकपाठन कक्षा १२ नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुने बोर्डले जनाएको छ।

 

 

प्रकाशित मिति: १६:३३ बजे, मंगलबार, असोज २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्