Kathmandu Press

राजस्व छल्ने चार जनाविरूद्ध विशेष अदालतमा मुद्दा

विभागले नुवाकोट घर भई धापाखेल बस्ने रामशरण बोगटी, सिरहा बस्ने अमितकुमार साह, अछाम घर भई इमाडोल बस्ने नमराज तिमिल्सिना र अछाम बस्ने तिर्थराज ढकालविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको हो।
राजस्व छल्ने चार जनाविरूद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं, असोज २५ : राजस्व अनुसन्धान विभागले राजस्व छलेको अभियोगमा ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले नुवाकोट घर भई धापाखेल बस्ने रामशरण बोगटी, सिरहा बस्ने अमितकुमार साह, अछाम घर भई इमाडोल बस्ने नमराज तिमिल्सिना र अछाम बस्ने तिर्थराज ढकालविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको हो।

भन्सार प्रज्ञापनपत्रलगायतका कागजात नभएका २४ कार्टुन रजनीगन्धा बिक्री गरी सोवापत प्राप्त आयमा सरकारलाई बुझाउनुपर्ने राजस्व नबुझाई चुहावट गरेको भन्दै विभागले ती व्यक्तिहरुबाट १८ लाख ४६ हजार ७३४ बिगो कायम गरी जरिवाना तथा सजाय माग गरेको छ ।

प्रकाशित मिति: १६:२१ बजे, मंगलबार, असोज २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्