Kathmandu Press

मोरङमा सुरक्षित आप्रवासी परियोजना प्रभावकारी

मोरङमा सुरक्षित आप्रवासी परियोजना प्रभावकारी

मोरङ, असोज २५ : सुरक्षित वैदेशिक रोजगारका लागि सञ्चालित सुरक्षित आप्रवासी (सामी) परियोजनाले मोरङमा प्रभावकारी बन्दै गएको छ ।

परियोजनाले वैदेशिक रोजगारमा जानेलाई सही सूचना दिने, सहजीकरण गर्ने, विदेशमा अलपत्र परेका कामदारको  उद्धार तथा म्यानपावर कम्पनी एवं एजेन्टबाट ठगीमा परेकालाई रकम फिर्ता गराउने जस्ता कामगर्दै आएको छ ।

Hardik ivf

जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको परियोजनाले विदेश जाने युवायुवतीलाई आवश्यक परामर्श दिनुका साथै आवश्यकपर्ने सीप सिक्न प्रोत्साहित गर्ने, विदेशमा गर्नुपर्ने कामका सम्बन्धमा म्यानपावरसँग आवश्यक जानकारी लिने जस्ता विषयमा सल्लाहसुझाव दिने गरेको छ ।

परियोजनाले गत आर्थिक वर्षमा विभिन्न म्यानपावर तथा एजेन्टबाट वैदेशिक रोजगारमा जाने कामदारबाट लिएको  रु एक करोड बाह्र लाख दश हजार पाँच सय असुल उपरगरी पीडित पक्षलाई बुझाएको छ ।

यसैगरी परियोजनाले सोही वर्ष वैदेशिक रोजारमा जाने तीन हजार चार सय ९४ जना पुरुष र एक  हजार एक सय आठ महिलालाई परामर्श दिएको छ । सोही अवधिमा कार्यालयमा दुई सय ८६ उजुरी दर्ता भएकामध्ये एक सय ८२ ठगिका, विदेशमा अलपत्र परेका र मृत्यु भएका एक सय चार रहेको परामर्सकर्ता सरोजकुमार खनालले जानकारी दिए।

यस्तै परियोजनाले गत आर्थिक वर्षमा सहायता, मृत्यु पश्चात हुने बीमा, पाउने तलब सुविधा र बोनस जस्ता ७२ वटा उजुरीको समाधान गरी रु तीन करोड एक लाख ८९  हजार रकम असुल गरी सम्बन्धित पक्षलाई बुझाउन सफल भएकोे उाले बताए।

मलेसिया, साउदी, कुवेत, कतार लगायत विदेशमा काम गर्न जानका लागि दैनिक ६० जनाले परियोजनामार्फत परामर्श सेवा लिने गरेका छन् ।

 

प्रकाशित मिति: १५:१८ बजे, मंगलबार, असोज २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्