एकैदिन १ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, असोज २५ : सुनको मूल्य एकैदिन १ हजार २ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । हिजो (सोमबार) छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय पुगेको छ । सोमबार तेजावी सुनको मूल्य ९४ हजार ७ सय रुपैयाँ थियो ।
चाँदीमा भने प्रतितोला १५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला २३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
प्रकाशित मिति: १२:३५ बजे, मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1786083934.jpg)










