Kathmandu Press

पशुपतिमा भक्तजनले चढाएको सामग्री बिक्री सुरु 

पशुपतिमा भक्तजनले चढाएको सामग्री बिक्री सुरु 

काठमाडौं असोज २५ : पशुपति मन्दिरमा भक्तजनहरुले अर्पण गरेका सामग्री बिक्री कक्ष  सुरु भएकाे छ। ०७२ सालको भुकम्पपछि बन्द भएको बिक्री कक्ष कोजाग्रत पुर्णिमा (असोज २३ आइतबार) दिनदेखि सुरु भएकाे हो । बिक्री कक्षको उद्घाटन पुशपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले गरेका थिए । 

पशुपतिनाथलाई अर्पण गरिएका सामाग्रीहरुलाई प्रसादको रुपमा प्रयोग गर्न र उचित रुपमा उपयोग गर्नका लागि बिक्री कक्ष खुल्ला गरिएको पशुपति क्षेत्र विकास कोषको जानकारी दिएको छ । 

Hardik ivf

कोषले सहुलियत मूल्यमा बिक्री गर्ने भएकाले पशुपतिनाथमा आउने भक्तजनहरुलाई यसको लाभ उठाउन अनुरोध गरेको छ । बिक्री कक्ष मन्दिरको पश्चिम गेटको दक्षिण तर्फ रहेको पुरानो सप्तमी सत्तलसँगैको भवनमा रहेको छ । 

बिहान ७ देखि साँझ ७ बजेसम्म खुल्ने बिक्री कक्षमा पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेका विभिन्न पुस्तकहरु समेत राखिएको छ।

प्रकाशित मिति: १२:१० बजे, मंगलबार, असोज २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्