Kathmandu Press

फेवाताल सफाई महाअभियान सुरु गर्दै पोखरा महानगर 

ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न लागेको हो । ३३ वटै वडाको सहभागितामा ताल सफाई अभियान गर्न लागेको मेयर धनराज आचार्यले बताए । बिहान ७ बजे सुरु हुने सरसफाइमा ३३ जना वडा अध्यक्षहरूले नेतृत्व गर्नेछन् ।
फेवाताल सफाई महाअभियान सुरु गर्दै पोखरा महानगर 

काठमाडौं, असोज २४ : पोखरा महानगरपालिकाले मंगलबार फेवाताल सफाई महाअभियान सुरु गर्ने भएको छ । तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ ।

ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न लागेको हो । ३३ वटै वडाको सहभागितामा ताल सफाई अभियान गर्न लागेको मेयर धनराज आचार्यले बताए । बिहान ७ बजे सुरु हुने सरसफाइमा ३३ जना वडा अध्यक्षहरूले नेतृत्व गर्नेछन् ।

Hardik ivf

मेयर आचार्यले सफाइ अभियानमा सहभागी हुन नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब लगायत सबै संस्था र व्यक्तिहरुलाई आह्वान गरेका छन् । मापदण्ड विवादले अतिक्रमित संरचना हटाउन नसकेको मेयर आचार्यले बताए । तत्कालका लागि उनले ६५ मिटर नै मापदण्ड हुने बताएका छन् ।

यसअघि जनप्रतिनिधिको अन्तरिक कार्यपालिका बैठकले तालको मापदण्ड ३० मिटरमा झारेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्चमा मुद्दासमेत परेको थियो ।

सर्वोच्चले तत्कालका लागि ६५ मिटर नै मापदण्ड हुने र सोही अनुसार कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको छ । मंगलबारपछि पनि छुट्टै संयन्त्र बनाएर निरन्तर ताल सफाई सन्चालन गर्ने महानगरले जनाएको छ । 

प्रकाशित मिति: १९:१० बजे, सोमबार, असोज २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्