पहिरोले सात परिवार विस्थापित
प्रहरीका अनुसार विस्थापित हुनेमा सोही वडाका स्थानीय दाने बुढथापा, जयलाल बुढथापा, जयलाल बुढथापा, करन बुढथापा रहेका छन् ।
काठमाडौं, असोज २४ : लगातारको अविरल वर्षाले बाजुराको हिमाली गाउँपालिकामा सात परिवार विस्थापित भएका छन् ।
सोही गाउँपालिका–५ का सात परिवार जमिन भासिएर पहिरो जान थालेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिएका हुन् । प्रहरीका अनुसार विस्थापित हुनेमा सोही वडाका स्थानीय दाने बुढथापा, जयलाल बुढथापा, जयलाल बुढथापा, करन बुढथापा रहेका छन् ।
यसैेगरी विस्थापित हुनेमा धनबहादुर बुढथापा, नरेन्द्र बुढ थापा र विष्णु कार्की रहेको प्रहरी निरीक्षक बोगटीले बताए । विस्थापितलाई आफन्तकोमा सुरक्षित ठाउँमा सारिएको प्रहरी निरीक्षक बोगटीले बताए ।
प्रकाशित मिति: १८:५६ बजे, सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












