Kathmandu Press

पहिरामा घर पुरिँदा हुम्लामा चारको मृत्यु

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति स्थानीय मानविर विकको घरमाथिबाट पहिरो खसेर घर भत्किँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका हुन् । घाइते पाँच जनाको आज बिहान जीवितै उद्धार गरिएको थियो ।
पहिरामा घर पुरिँदा हुम्लामा चारको मृत्यु

काठमाडौं, असोज २४ : हुम्लाको चखेली गाउँपालिका–६ मेल्छाममा पहिराले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति स्थानीय मानविर विकको घरमाथिबाट पहिरो खसेर घर भत्किँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका हुन् । घाइते पाँच जनाको आज बिहान जीवितै उद्धार गरिएको थियो ।

Hardik ivf

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिए पनि खराब मौसमका कारण उड्न नसकेको जानकारी दिए ।

प्रहरीका अनुसार पहिरामै पुरिएर मृत्यु हुनेमा मेल्छाम गाउँका ६० वर्षीया तुल्सा, सात वर्षीया वसन्ता, नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली कामी छन् ।

प्रकाशित मिति: १८:४५ बजे, सोमबार, असोज २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्