Kathmandu Press

विजय गच्छदारविरुद्ध उजुरी

गच्छदारको उम्मेदवारी खारेज माग गर्दै काठमाडौं महानगर–७ का विवेक अधिकारीले आयोगमा उजुरी दिएका हुन् । बालुवाटारस्थित गच्छदारविरुद्धको ललिता निवास जग्गा हिनामिनाको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै अवस्थामा उम्मेदवारी परेकाले छानबिन गरी उक्त उम्मेदवारी खारेज गर्न माग गरिएको उजरीकर्ता विवेक अधिकारीले बताए ।
विजय गच्छदारविरुद्ध उजुरी

काठमाडौं, असोज २४ : सुनसरी–३ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दिएका कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

गच्छदारको उम्मेदवारी खारेज माग गर्दै काठमाडौं महानगर–७ का विवेक अधिकारीले आयोगमा उजुरी दिएका हुन् । बालुवाटारस्थित गच्छदारविरुद्धको ललिता निवास जग्गा हिनामिनाको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै अवस्थामा उम्मेदवारी परेकाले छानबिन गरी उक्त उम्मेदवारी खारेज गर्न माग गरिएको उजरीकर्ता विवेक अधिकारीले बताए ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले उनीसहित १७५ ‘हाइ–प्रोफाइल’विरुद्ध ०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर भएपछि उनी सांसदबाट निलम्बित भएका थिए भने प्रहरीले फरार अभियुक्तको सूचीमा राखेको थियो। डेढ वर्ष फरार भएपछि केपी ओलीको सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उनी अदालतमा हाजिर भएका थिए। अख्तियारले ९ करोड ६५ लाख बिगो दाबी गरे पनि अदालतले गच्छदारलाई १० लाख धरौटीमा छाडेको थियो ।

प्रकाशित मिति: १८:०५ बजे, सोमबार, असोज २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्