Kathmandu Press

युक्रेनको राजधानीमा रूसको मिसाइल आक्रमण 

युक्रेनको राजधानीमा रूसको मिसाइल आक्रमण 

काठमाडौं, असोज २४ : राजधानी किभसहित कैयौ युक्रेनी शहरहरुमा सोमबार भएका क्षेप्यास्त्र हमलामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका राष्ट्रिय प्रहरी स्रोतले जानकारी दिएको छ। रुसले किभमा ठूला हमलाहरु गरेको र  अधिकांश क्षेप्यास्त्र राजधानीको केन्द्रमा परेका जनाइएको छ । 

पाँच जनाको मृत्यु हुनुको साथै १२ जना घाइते भएका राष्ट्रिय प्रहरी सेवाले फेसबुकमार्फत एक विज्ञप्तिमा जानकारी दिएको छ। मस्कोले जोड्ने पुलमा विस्फोटको लागि युक्रेनलाई दोष लगाएको एक दिनपछि यसप्रकार क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ । 

Hardik ivf

देशका धेरै शहरहरूमा क्षेप्यास्त्र आक्रमणको चपेटामा रहेका र जनतालाई आश्रयमा बस्न युक्रेनका राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोले सामाजिक सञ्जालमा आह्वान गरेका छन् । किभमा रहेका एएफपी संवाददाताहरूले स्थानीय समयानुसार सोमबार बिहान ८ः१५ बजे ठूलो विस्फोटहरु भएको बताएका छन् । 

एक क्षेप्यास्त्र बालबालिकाको खेल मैदाननजिकै अवतरण भएको एएफपी पत्रकार जानकारी दिएका छन् । त्यो स्थानमा रहेको ठूलो खाडलबाट धुवाँ निस्किरहेको जनाइएको छ । युक्रेनको राजधानीमा रुसी आक्रमण जारी रहेको र सहरको केन्द्रहरुमा क्षेप्यास्त्र प्रहार भएका मेयर भिटाली क्लिट्स्कोले सामाजिक सञ्जालमा भनेका छन् ।

प्रकाशित मिति: १७:१४ बजे, सोमबार, असोज २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्