Kathmandu Press

मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचनको घोषणा

मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचनको घोषणा

मलेसिया, असोज २४ : मलेसियाको संसद विघटन भएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री याकोबले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन्। उनको घोषणाअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ ।

टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिईसकेको पनि जानकारी दिए। 
 
सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्यासित विभिन्न घटनाक्रम भएको त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाई छ ।

Hardik ivf

सम्बोधनका क्रममा उनले भनेका छन्, ‘हामीले फेरी जनताको अभिमत लिने निर्णय गरेका छौँ, जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ, निर्वाचनबाट प्राप्त जनताको अभिमत अनुसार गर्नेछौँ।’

देशमा राजनीतिक स्थायित्व, जिम्मेवार तथा सुनिश्चित सरकारको आवश्यकता रहेकोमा समेत उनले जोड दिएका छन् । निर्वाचनकै मिति भने अहिले घोषणा भइसकेको छैन ।

सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ । 

निर्वाचनबाट २२२ सदस्य निर्वाचित हुनेछन् ।

यसअघिको निर्वाचनपछि सन् २०२० सम्म महाथिर मोहम्मद प्रधानन्त्री निर्वाचित भएका थिए ।

त्यसपछि मुह्यीद्धिन यासिनले प्रधानमन्त्रीको जिम्मेवारी लिएका थिए। उनको सरकार पनि ढलेपछि वर्तमान प्रधानमन्त्री सब्रिले सन् २०२१ को अगस्त २१ मा सपथ ग्रहण गरेका थिए। 

प्रकाशित मिति: १६:२६ बजे, सोमबार, असोज २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्