Kathmandu Press

कांग्रेस नेता केसीले भने– यो मेरो अन्तिम निर्वाचन हो, अब उम्मेदवार बन्दिनँ

नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभाको उम्मेदवार बनेका नेपाल प्रेस युनियनले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी कुनै पनि निर्वाचनमा आफू उम्मेदवार बनन्ने बताए।
कांग्रेस नेता केसीले भने– यो मेरो अन्तिम निर्वाचन हो, अब उम्मेदवार बन्दिनँ

नुवाकोट, असोज २४ : कांग्रेस नेता  अर्जुननरसिंह केसीले आफ्ना लागि यो अन्तिम निर्वाचन भएको बताएका छन्।

नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभाको उम्मेदवार बनेका नेपाल प्रेस युनियनले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी कुनै पनि निर्वाचनमा आफू उम्मेदवार बनन्ने बताए।

‘यो मेरो अन्तिम निर्वाचन हो, फेरि लड्न पनि सक्दिनँ होला । योभन्दा अघिल्लो निर्वाचनमा अन्तिम भनेको रहेछु भने त्यो होइन, यो चाहीँ अन्तिम हो,’ उम्मेदवार केसीले भन्नुभयो ।

उनले पार्टीलाई लोकतान्त्रिक विधि तथा प्रक्रियामा अघि बढाउन र युवाको नेतृत्व पार्टीभित्र र बाहिर सुरक्षित गराउनको लागि निर्वाचनमा होमिएको बताए ।

संसदमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा बोल्न सक्ने, जनताको समस्यालाई संसद्मा प्रभावकारी रुपमा लैजान सक्ने आफूमात्र भएको नेता केसीले जिकिर गरे।

प्रकाशित मिति: १६:१३ बजे, सोमबार, असोज २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्