Kathmandu Press

भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको निधन

भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको निधन

नयाँ दिल्ली, असोज २४ : भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको सोमबार ८२ बर्षको उमेरमा निधन भएको छ ।गुरुग्राम अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन्। उनलाई गत आइतबार एक्कासी स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालको अति सघन कक्षमा राखेर उनलाई उपचार गरिएको थियो । 

उनकी श्रीमती साधना गुप्ताको गत जुलाईमा निधन भएको थियो । पहिलो श्रीमती मालतीदेवीको भने सन् २००३ मा निधन भएको थियो । यादवका छोरा तथा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अखिलेश यादव मालतीदेवीबाट जन्मिएका हुन् । समाजवादी पार्टीको स्थापना स्वर्गिय यादवले नै सन् १९९२ अक्टोबर ४ मा गरेका थिए। 

Hardik ivf

झण्डै पाँच दशक लामो राजनीतिक यात्राका क्रममा धेरै उतारचढाव भोगेका यादवलाई भारतमा प्रधानमन्त्री हुनै लागेका नेताका रुपमा चिनिन्छ । उनी सन् १९९६ र २०१४ मा प्रधानमन्त्री हुनै लाग्दा अन्तिममा रोकिएका थिए । उनलाई भारतमा ‘नेताजी’ समेत भन्ने गरिन्थ्यो । 

उनले राजनीति धेरै पटक चुनौतीपूर्ण निर्णयहरु लिएका थिए बेला बेलामा विवादमा पनि परे।भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा उनी तीन पटक मुख्यमन्त्री बने भने भने एक पटक केन्द्रीय मन्त्री समेत भएका थिए। 

आम निर्वानचनबाट उनी १० पटक निर्वाचित भएका थिए। ती मध्ये सात पटक लोक सभा सदस्य बनेका थिए। उनी पहिलो पटक सन् १९६७ मा २८ बर्षको उमेरमा विधान सभा सदस्यमा निर्वाचित भएका थिए। उनको जन्म सन् १९३९ को नोभेम्बर २२ मा एतावाह जिल्लाको सैफै गाउँमा भएको थियो।

प्रकाशित मिति: १४:४० बजे, सोमबार, असोज २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्