Kathmandu Press

भेनेजुएलामा पहिरोमा परी २२ जनाको मृत्यु, ५२ जना बेपत्ता

भेनेजुएलामा पहिरोमा परी २२ जनाको मृत्यु, ५२ जना बेपत्ता

भेनेजुएला, असोज २४ : भेनेजुएलामा बाढी र पहिरोमा परेर कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । सो पहिरोमा परेर अरु ५२ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले जनाएका छन्। भेनेजुएलाको उत्तरी आर्गु प्रान्तमा केही दिनदेखिको अविरल वर्षापछि आइतबार बाढी आएको र पहिरो खसेको थियो।

भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले आइतबार सो दुर्घटनाको घोषणा गरेका थिए। उनले आइतबारदेखि तीन दिनसम्म देशव्यापी रुपमा शोकको पनि घोषणा गरेका छन् ।

यहाँको उत्तरी आर्गु प्रान्तमा अविरल वर्षापछि नदीहरु बढेका र यसपछि आएको बाढीबाट पहिरो गएको पनि राष्ट्रपति मोदुरोको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।

सो विज्ञप्तिका अनुसार राष्ट्रपति मोदुरोले विपद्मा परेकालाई उद्धारका लागि खट्न पनि आग्रह गरिएको छ । यनको गृह मन्त्रालयले दिएको जानकारी अनुसार सो पहिरोबाट हराएकाको खोजीका लगि करिब एक हजार जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

पहिरोको नजिकका बस्तीहरुलाई पनि सार्न थालिएको छ। त्यसका लागि पनि उद्धारकर्मी तथा सुरक्षा निकायका अधिकारीहरुले खटिरहेका बताइएको छ। 

प्रकाशित मिति: १४:३३ बजे, सोमबार, असोज २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्