Kathmandu Press

नाइजेरियामा डुङ्गा दुर्घटनामा परी ७६ जनाको मृत्यु

नाइजेरियामा डुङ्गा दुर्घटनामा परी ७६ जनाको मृत्यु

नाइजेरिया, असोज २४ : नाइजेरियामा भएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।दक्षिणी सहर अनाम्बरामा सो डुङ्गा दुर्घटना भएको हो। सो दुर्घटनाको नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले आइतबार पुष्टि गरेका छन्। 

त्यहाँ भएको सो दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको र यहाँका सबै सुरक्षा निकाय तथा उद्धारकर्मीहरुलाई उद्धारका लागि लगाइएको राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको हो।

Hardik ivf

शुक्रबार राति सो दुर्घटना भएको थियो । त्यस दुर्घटनाप्रति राष्ट्रपति बुहारीले सो विज्ञप्तिमा दुःख पनि व्यक्त गरेका छन्। गत शुक्रबार ८५ जना यात्रु लिएर गएको डुङ्गा देशको दक्षिणी प्रान्त अनाम्बराको ओग्बुरुमा पुगेर दुर्घटनामा परेको थियो । त्यसमा रहेका अरु यात्रुको उद्धार गरिएको थियो।

त्यस समयमा आएको बाढीका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । डुङ्गा दुर्घटनामा परेपछि त्यसमा रहेका यात्रुको उद्धारका लागि राष्ट्रपति बुहारीले आवश्यक सहयोग गर्न देशका सबै सुरक्षा निकायलाई निर्देशन दिएका थिए । 

नाइजेरियामा समय समयमा  डुंगा दुर्घटना हुने गर्दछ। यहाँ विशेषगरी क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले डुंगा दुर्घटनामा पर्ने गरेका छन्।

प्रकाशित मिति: १४:२९ बजे, सोमबार, असोज २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्