कर्णालीको बाढीले ८ सयभन्दा बढी घरपरिवार विस्थापित

कर्णाली, असोज २४ : लगातारको वर्षाले कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको आठ सय घर डुबानमा पारेको र उनीहरूलाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताए।
नदी र खोलामा पानीको सतह बढ्ने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछा मार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए।
प्रकाशित मिति: १४:२४ बजे, सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
