नेमकिपाका प्रेम सुवालले दिए भक्तपुर –१ बाट उम्मेदवारी
२०७४ सालको चुनावमा विजयी सुवाललाई नै नेमकिपाले आउँदो मङ्सिर ४ मा हुने चुनावमा दोहोर्याएको हो । नेमकिपाका केन्द्रीय सचिव सुवालले आइतवार भक्तपुर दरबार क्षेत्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गरे ।
काठमाडौं, असोज २३ : भक्तपुर क्षेत्र नम्बर–१ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले उम्मेदवारी दर्ता गरेका छन् ।
२०७४ सालको चुनावमा विजयी सुवाललाई नै नेमकिपाले आउँदो मङ्सिर ४ मा हुने चुनावमा दोहोर्याएको हो । नेमकिपाका केन्द्रीय सचिव सुवालले आइतवार भक्तपुर दरबार क्षेत्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गरे ।
नेमकिपाले उक्त क्षेत्रको क मा मीनबहादुर बाटा र ख मा सुरेन्द्रराज गोसाईंको उम्मेदवारी दर्ता गरेको छ । उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सुवालले देश र जनताको इमान्दारीपूर्व सेवा गर्ने बताए । उनले देशको सार्वभौमिकता रक्षाका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाए ।
यस्तै सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सुनिल गोथे बासु र एमालेबाट पूर्वजिसस प्रमुख नवराज गेलालले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभातर्फ सत्ता गठबन्धनको कांग्रेस र एमालेले क्रमशः क मा सुरेश श्रेष्ठ र मोहनवीर श्रेष्ठ तथा ख मा पवन भुजू र नारायण सिन्ताकलको उम्मेदवारी दर्ता गरेका छन् ।