कमल थापालाई टिकट दिएपछि एमाले पार्टी कार्यालय हेटौँडामा तालाबन्दी
नेकपा (एमाले)ले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका छन् ।
काठमाडौं, असोज २३ : नेकपा (एमाले)ले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका छन् ।
पार्टीको कार्यप्रति असन्तुष्टी जनाउँदै तालाबन्दी गरेको बताइएको छ । दुई दिन अगाडिसम्म एमालेले केन्द्रिय सदस्य रामेश्वर रानाको टिकट फाइनल गरेको भए पनि अन्तिम अवस्थामा कमल थापालाई उम्मेदवारीका लागि टिकट दिएपछि एमाले कार्यकर्ता रुष्ट भएको पाइएको छ ।
प्रकाशित मिति: १८:२१ बजे, आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












