Kathmandu Press

कांग्रेस नेता सिटौलाले गराए वारेसममार्फत उम्मेदवारी दर्ता

कांग्रेस नेता सिटौलाले गराए वारेसममार्फत उम्मेदवारी दर्ता

काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ बजे नै उनले नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुरज तिम्सिनामार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश चन्द्रमणि ज्ञवालीका अनुसार उनको प्रस्तावकमा मोहन महर्जन र समर्थकमा गणेश पोखरेल रहेका छन् । पार्टीको केन्द्रमा चलिरहेको बैठकका कारण उनी आफै उपस्थित भएर उम्मेदवारी दर्ता गराउन नसकेपछि अधिवक्ता तिम्सिनामार्फत उम्मेदवारी दर्ता गराइएको समर्थक पोखरेलको भनाइ थियो। 

सिटौलाले आजै जीपी स्मृति भवनको प्राङ्गणमा भइरहेको गठबन्धनको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा त्यस क्षेत्रका विभिन्न स्थानबाट सन्थाल नृत्यसहितको झाँकी ल्याइएको छ। 

प्रकाशित मिति: १६:१० बजे, आइतबार, असोज २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्