Kathmandu Press

उत्साहजनकरुपमा मनोनयन दर्ता भइरहेको छ : आयोग 

उत्साहजनकरुपमा मनोनयन दर्ता भइरहेको छ : आयोग 

काठमाडौं, असोज २३ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता देशभर उत्साहवर्द्धक रुपमा भइरहेको छ ।

प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनकरुपमा भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

Hardik ivf

उम्मेदवारी दिने सिलसिलामा कतिपय उम्मेदवारको कागजपत्रका व्यवस्थापनसम्बन्धी समस्या परेकामा आयोगको केन्द्रिय कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट त्यसको  सहजीकरणको काम भइरहेको जानकारी दिइएको छ।

अहिले मुलुकका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले निर्धक्क भएर शान्तिपूर्ण वातावरणमा मनोनयनपत्र दर्ता गराइहेका छन् । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। 

प्रकाशित मिति: १६:०७ बजे, आइतबार, असोज २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्