त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो

काठमाडौं, असोज २२ : त्रिभुवन राजपथको बाह्र घुम्तीमा केही बेरअघि सुक्खा पहिरो गएको छ। पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको छ ।
मकवानपुरको भैँसे प्रहरी चौकीका अनुसार उक्त राजपथको बाह्र घुम्ती भीमफेदी गाउँपालिका–२ भैँसेबाट करिब १२ किलोमिटर उत्तरतर्फ पर्छ। सुक्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँबाट आएका र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारीसाधन बाह्र घुम्तीमा थन्किएका छन्।
प्रकाशित मिति: १२:२७ बजे, शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












