Kathmandu Press

चार उद्योग आईपिओ जारी गर्ने तयारीमा

नेपाल धितोपत्र बोर्डको आईपीओ जारी गर्ने तयारीमा रहेका ३४ कम्पनीमध्ये ४ वटा उत्पादनमूलक उद्योग छन् ।
चार उद्योग आईपिओ जारी गर्ने तयारीमा

काठमाडाैं, असाेज २१ : प्रत्यक्ष उत्पादनमूलक ४ उद्योगहरु आईपीओ निस्कासनको तयारीमा छन् । नेपाल धितोपत्र बोर्डको आईपीओ जारी गर्ने तयारीमा रहेका ३४ कम्पनीमध्ये ४ वटा उत्पादनमूलक उद्योग छन् ।

पछिल्लो समय नेपाल धितोपत्र बोर्डले प्रत्यक्ष उत्पादनमूलक उद्योगलाई प्रिमियम जोडेर तथा बुक बिल्डिङ पद्दतीबाट पनि आईपीओ जारी गर्न पाउने व्यवस्था गरेसँगै उद्योगहरु आईपीओ निस्कासनका लागि आकर्षित भएका हुन् ।

बोर्डको आईपीओ पाइपलाइनमा रहेका उद्योगहरुमा सर्वोत्तम सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, सोनापुर मिनरल्स एण्ड ओयल र घोराही सिमेन्ट उद्योग छन् ।

सर्वोत्तमले २४ लाख कित्ता, रिलायन्सले ७ लाख ७० हजार ६४० कित्ता आईपीओ बुक बिल्डिङ पद्दतीबाट निस्कासन गर्न बोर्डमा आवेदन दिएका छन् ।

सोनापुरले १ करोड २३ लाख कित्ता र घोराही सिमेन्टले प्रतिकित्ता ४ सय बढी प्रिमियम थपेर ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निस्कासनका लागि आवेदन दिएका छन् । हाल ६ वटा उत्पादनमूलक कम्पनी मात्रै धितोपत्र बजारमा सूचीकृत छन् ।

प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, असोज २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्