Kathmandu Press

अविरल वर्षा : सुदूरपश्चिम बाढी र डुबानको जोखिममा

अविरल वर्षा : सुदूरपश्चिम बाढी र डुबानको जोखिममा

कञ्चनपुर, असोज २१ : सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम देखिएको छ। 

कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। 

विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातीदेखि भारी वर्षा भइरहेको जनाएको छ । 

विभागको कञ्चनपुर शान्तिपुरबेलौरीस्थित वर्षा मापन केन्द्रमा गएको १२ घण्टामा १२५ मिमी, छ घण्टामा ८३ दशमलव ८ र तीन घण्टामा ६२ दशमलब २ मिमी वर्षाको मापन भएको छ। 

कार्यालयका प्रमुख सञ्जय साहले भने, 'आजबाट वर्षा गराउने सिस्टम केही कमजोर हुँदै गएको देखाए पनि मनसुन निष्क्रिय हुन भने अझै समय लाग्न सक्नेछ।'   

यो महिनाको अन्तिमसम्ममा वर्षा हुने पूर्वानुमान गरिएकाले नदीमा आउने बाढी र तटीय क्षेत्रमा हुन सक्ने डुबानको जोखिमबाट सचेत रहन र पाकेको धानबाली काट्नका लागि अझै एक हप्ता पर्खिन कार्यालयले आग्रह गरेको छ।

प्रकाशित मिति: १२:३२ बजे, शुक्रबार, असोज २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्