Kathmandu Press

गच्छेअनुसार दसैँ मनाउन मुख्यमन्त्री शाहीको आग्रह 

गच्छेअनुसार दसैँ मनाउन मुख्यमन्त्री शाहीको आग्रह 
Hardik ivf

कर्णाली, असोज १९ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दसैँलाई भड्किलो एवं खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृतिअनुसार मनाउन आग्रह गरेका छन्।

विजयादशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विकृति र तडकभडकबाट टाढै राखेर दसैँ मनाउँदा यसको मौलिकता जोगिने बताएका हुन्। मुख्यमन्त्री शाहीले दसैँले नेपाली समाजलाई एकताको सूत्रमा बाँधेको बताएका छन् ।  'दसैँले व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्नुका साथै सामाजिक सद्भाव, एकता र भातृत्वको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको  छ,' शुभकामना सन्देशमा भनिएको छ, 'समाज एकताबद्ध हुँदा मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुन जान्छ । दसैँ नेपालीको ठूलो चाड भएकाले सबैमा सद्भाव, मेलमिलाप र भ्रातृत्व बढाउन यसको महत्वपूर्ण भूमिका रहेको छ ।'

मुख्यमन्त्री शाहीले विजयादशमीले कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकारको ‘छ ब’ (बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार) लाई अघि बढाउन र सहकार्य तथा सरोकारको मूल कार्यनीतिलाई कार्यान्वयन गर्न सबै राजनीतिक दल, सङ्घसंस्था, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्रलगायत आम कर्णालीवासीलाई प्रेरणा मिल्ने अपेक्षा गरेका छन्। 

प्रकाशित मिति: १०:२४ बजे, बुधबार, असोज १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्