Kathmandu Press

जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्न राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।
जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्न राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घ, असोज १८ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनसम्बन्धीका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न विश्वमा सबै देशलाई आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।

Hardik ivf

उनले भने, ‘अहिले विश्वमा जलवायु परिवर्तनका कारण विभिन्न देशहरुमा ठूलो समस्या देखा परिरहेको छ, त्यसैले सबै देशहरुले र विशेषगरी जी२० का सदस्य राष्ट्रहरुले यस विषयमा ध्यान दिनुपर्छ।’

संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्बन्धी सम्मेलन कोप २७ का लागि विश्वका देशहरुले एजेण्डा बनाइरहेको बताउँदै ती एजेण्डामा जलवायु परिवर्तनलाई आवश्यक मात्रामा प्राथमिकतामा राख्न उनले आग्रह गरेका हुन्।

इजिप्टको सराम आल सेख सहरमा आगामी नोभेम्बर महिनाको ६ देखि १८ तारिखसम्म विश्व जलवायु सम्बन्धी सम्मेलन कोप २७ हुने भएको छ। सो सम्मेलनमा विश्वका विभिन्न देशहरुले जलवायु परिवर्तन सम्बन्धी आफ्ना एजेण्डा र प्राथमिकताहरु निर्धारण गरिरहेका बताइएको छ।

संयुक्त राष्ट्रसंघले यसअघि पनि विश्वका आफ्ना सदस्य देशहरुलाई जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धमा आ–आफना देशका बजेट एवं नीति तथा कार्यक्रमहरु प्राथमिकताका साथ निर्माण गर्न आग्रह गरिरहेको थियो।

आगामी यस विश्व सम्मेलनमा पनि यसै विषयमा संयुक्त राष्ट्रसङ्घले विश्वका आफ्ना सदस्य देशहरुलाई आग्रह गर्ने भएको पनि समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, असोज १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्