Kathmandu Press

अफगानिस्तानमा भएको आत्मघाती हमलामा त्रिपन्न जनाको ज्यान गयो

अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको जानकारी दिएको हो। उक्त मिसनका अनुसार अफगानिस्तानको हाजरा सहरमा शुक्रबार भएको सो आत्मघाती हमलामा परेर ५३ जनाको ज्यान गएको छ।
अफगानिस्तानमा भएको आत्मघाती हमलामा त्रिपन्न जनाको ज्यान गयो

काबुल, असोज १८ : अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५३ पुगेको अधिकारीहरुले जनाएका छन्।

अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको जानकारी दिएको हो। उक्त मिसनका अनुसार अफगानिस्तानको हाजरा सहरमा शुक्रबार भएको सो आत्मघाती हमलामा परेर ५३ जनाको ज्यान गएको छ।

त्यसैगरी सो आक्रमणमा परेर कम्तीमा पनि ४६ जना अरु व्यक्ति घाइते भएका पनि समाचारमा जनाइएको छ। अफगानिस्तानको पश्चिमी सो सहरको एक शैक्षिक केन्द्रमा सो हमला भएको थियो।

सो शैक्षिक केन्द्रमा ठूलो सङ्ख्याका विद्यार्थी जम्मा भएका थिए। उनीहरुले परीक्षाको तयारी गरिरहेका बेला सो आत्मघाती बम हमला भएको उक्त शिक्षण संस्थाले जानकारी दिएको छ।

यति धेरै संख्यामा नागरिकको ज्यान जानेगरी भएको सो हमलाको जिम्मेवारी अहिलेसम्म पनि कुनै समूह या व्यक्तिले लिएको छैन।

अफगानिस्तानमा गएको वर्षदिन भन्दा लामो समयदेखि तालिवानीहरुको शासन रहेको छ। त्यहाँ अहिले पनि यसरी हत्या हिंसा गरी नागरिकको ज्यान लिने क्रम रोकिएको छैन।

प्रकाशित मिति: १५:५२ बजे, मंगलबार, असोज १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्