Kathmandu Press

मनहरिका विपन्न परिवारलाई सहयोग

प्रत्येक परिवारलाई ३० किलो चामल, एक लिटर तेल र दालसहितको प्याकेट वितरण गरिएको छ।
मनहरिका विपन्न परिवारलाई सहयोग

मकवानपुर, असोज १८ : मकवानपुरको मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गरिब तथा अति विपन्न परिवारलाई चाडपर्व मनाउन सहज होस् भन्ने उद्देश्यले खाद्यान्न तथा नगद सहयोग गरेका छन्।

उनले चार महिनाको तलब भत्ताबापत् प्राप्त गरेको रकम रु. तीन लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन्। 

मनहरि–२, ३, ५, ६ र ८ का विपन्न परिवारलाई फूलपाती र अष्टमीको दिन घरमै पुगेर सहयोग गरेको अध्यक्ष कालाखेतीले बताए।

पाँच वर्षे कार्यकालमा तलब भत्ताबापत पाएको रकम विपन्न परिवारलाई सहयोग गर्न खर्चिने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रत्येक परिवारलाई ३० किलो चामल, एक लिटर तेल र दालसहितको प्याकेट वितरण गरिएको छ। केही परिवारलाई अवस्था हेरेर नगदसमेत हस्तान्तरण गरिएको छ। 

प्रकाशित मिति: १२:५४ बजे, मंगलबार, असोज १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्