भ्यानले ठक्कर दिँदा बर्दियामा एक जनाको मृत्यु

बर्दिया, असोज १८ : भ्यानको ठक्करबाट महोत्तरीको बर्दियामा एकजनाको मृत्यु भएको छ।
बारबर्दिया नगरपालिका-९ बनगाईस्थित सडकमा भे१ज १२४१ नम्बरको भ्यानले ठक्कर दिंदा गुलरिया नगरपालिका-४ बालापुरकी २५ वर्षीया मिरा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो ।
भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ११:२६ बजे, मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












