Kathmandu Press

पत्रकार उपचार कोषमा जम्मा भयो ६० लाख

पत्रकार उपचार कोषमा जम्मा भयो ६० लाख


झापा, असाेज १८ : नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा ६० लाख रुपैयाँ जम्मा भएको छ। महासंघ झापाका सदस्य र दाताले दिएको सहयोगबाट हालसम्म कोषमा सो रकम जम्मा भएको हो ।

जिल्लामा, पत्रकार, सर्वसाधारणदेखि व्यवसायीले समेत विवाह वर्षगाँठ र जन्मोत्सवमा कोषमा रकम सहयोग गर्दै आएका छन् । कोषको रकम एक करोड रुपैयाँ पु¥याउने लक्ष्यसाथ सहयोगी दाताले दिएको रकम संकलन गरिरहेको महासंघ शाखा अध्यक्ष एकराज गिरीले बताए।  

उपचार कोष वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले मेचीनगर नगरपालिका–६ का ८४ वर्षीय कृष्ण उप्रेतीले आफ्नो जन्मोत्सवमा २५ हजार रुपैयाँ सहयोग गरेका छन्।

प्रकाशित मिति: ११:१८ बजे, मंगलबार, असोज १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्