Kathmandu Press

मनास्लु हिमपहिरो : एकजनाको शव भेटियो

उनी काठमाडौंको सेभेन समिट ट्रेक्स कम्पनीसँग आबद्ध थिए। उनको शव त्यहीँका स्थानीय शेर्षाहरूले भेटाएका हुन् ।
मनास्लु हिमपहिरो : एकजनाको शव भेटियो

काठमाडाैं, असाेज १७ : मनास्लु हिमपहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला परेको छ।

आइतबार दिउँसो करिब साढे ३ बजेतिर दोस्रो र पहिलो आधार शिविरको बीचमा पहिरो खसेपछि बेपत्ता भएका ताप्लेजुङका दावा छिरिङ शेर्पाको शव सोमबार दिउँसो ११ बजे फेला परेको हो।

मनास्लुको दोस्रो शिविरबाट फर्किँदै गर्दा आइतबार उनी बेपत्ता भएका थिए । उनी काठमाडौंको सेभेन समिट ट्रेक्स कम्पनीसँग आबद्ध थिए। उनको शव त्यहीँका स्थानीय शेर्षाहरूले भेटाएका हुन् ।

शरदयामको मनास्लु आरोहणका क्रममा उनीसहित ३ जनाको मृत्यु भइसकेको छ । यसअघि हेली एभरेस्ट र सिम्रिक एयरले खोजी गर्दा पनि शव फेला पार्न सकेका थिएनन् ।

 

प्रकाशित मिति: १८:५९ बजे, सोमबार, असोज १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्