Kathmandu Press

घोडा दौड प्रतियोगितामा बोहोरा प्रथम

घोडा दौड प्रतियोगितामा बोहोरा प्रथम

कर्णाली : जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–२ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम भएका छन।

कर्णाली खेलकुद क्लब जुम्लाद्वारा आज यहाँ आयोजित ‘छैटौँ घोडा दौड प्रतियोगिता’ मा बोहोरा खुलातर्फ प्रथम भएका हुन। प्रथम हुने बोहोरालाई रु पाँच हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ। द्वितीय र तृतीय सोहीका गाउँका क्रमशः शङ्कर रोकाया र विपेन बोहोरा भएका छन। उनीहरुलाई रु तीन हजार र रु दुई हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

Hardik ivf

स्वस्थ घोडातर्फ चन्दननाथ नगरपालिका–१० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठीचौर गाउँपालिका–५ कुम्डी गाउँका विर्खबहादुर भण्डारी द्वितीय र गुठीचौर गाउँपालिका–२ कुडीका मुनसुर बोहरा तृतीय भएका छन। प्रथम, द्वितीय र तृतीय हुनेलाई रु पाँच हजार, रु तीन हजार र दुई हजार पुरस्कार प्रदान गरिएको क्लबका सहसचिव धनराज सुनारले बताए।

त्यसैगरी चाल तथा कदमतर्फ चन्दननाथ नगरापलिका–८ धरालवाडाका आनन्द धराला प्रथम, गुठीचौर गाउँपालिका–१ गडीगाउँका हरिप्रसाद बस्नेत द्वितीय र गुठीचौर गाउँपालिका–२ कोल्तेका कालीप्रसाद बोहोरा तृतीय भएको सहसचिव सुनारले जनाए। उनका अनुसार प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ३३ वटा घोडा सहभागी रहेको आयोजक क्लबले जनाएको छ।

प्रकाशित मिति: १९:५१ बजे, आइतबार, असोज १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्