Kathmandu Press

चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण : सभामुख सापकाेटा

चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण : सभामुख सापकाेटा

काठमाडाैं : सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्ने बताएका छन।

दसैँ, तिहार, छठलगायत राष्ट्रिय पर्व र नेपाल संवत् ११४३ का अवसरमा सबै नेपालीलाई बधाई तथा शुभकामना दिँदै उनले हाम्रा संस्कृति, परम्परा एवं मनाउँदै आएका चाडपर्वले मौलिकता र विविधताको प्रतिनिधित्व गर्ने उल्लेख गरे।

Hardik ivf

सन्देशमा सभामुख सापकोटाले भनेका छन, 'मौलिकता र विविधता नेपालीको मूल विशेषता रहेको छ । दसैँ, तिहार, छठलगायतका चाडपर्व सामाजिक अन्तरघुलन र सद्भाव बढाउन महत्वपूर्ण सावित भएका छन्।' उनले चाडपर्वका अवसरमा हुने पारिवारिक जमघट एवं आफन्त भेटघाटका क्रममा हुने छलफल समाज रुपान्तरणका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे। डेङ्गु सङ्क्रमणको जोखिमलाई ध्यान दिई सचेत भएर चाडपर्व मनाउन उनले सबैमा विशेष अपिल गरेका छन।

आगामी मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचन निष्पक्षरुपमा सफल बनाउन हरेक बालिग नेपाली नागरिकको विशिष्ट योगदान रहेको भन्दै उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने विषयलाई गहिरो गरी आत्मसात् गर्न सम्पूर्ण नेपालीमा आग्रह गरेका छन।

प्रकाशित मिति: १६:२० बजे, आइतबार, असोज १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्