Kathmandu Press

अर्धाखाँचीमा जंगलको बीचमा रहेको पोखरीमा डुबेर २७ बाँदर मरे

अर्धाखाँचीमा जंगलको बीचमा रहेको पोखरीमा डुबेर २७ बाँदर मरे

काठमाडाैं : अर्धाखाँचीकाे सन्धिखर्क नगरपालिका ९ नौलापानीस्थित थेरवाङ जंगलमा रहेको सिँचाइ पोखरीमा २७ वटा बाँदर मृत भेटिएका छन्। जंगलको बीचमा रहेको पोखरीमा बाँदर डुबेर मृत  अवस्थामा भेटिएकाे डिभिजन वन कार्यालयका फरेष्टर दिपक पाण्डेले बताए।

सुरूमा एउटा बाँदर रूखबाट पोखरीमा खसेको र त्यसलाई बचाउन अरू पोखरीमा हाम फालेको हुन सक्ने स्थानीयको अनुमान छ।

सिँचाइको लागि निर्माण गरिएको पोखरी हो। पाण्डेका अनुसार अर्घा गाउँबाट थेरवाङ जंगलमा रहेको पोखरीमा पुग्न डेढ घण्टा हिँड्नु पर्छ। शनिबार साँझ बाँदर पोखरीमा डुबेका हुन्।

बाँदर कसरी पोखरीमा खसे भन्नेबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएकाे छ।

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, असोज १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्