Kathmandu Press

टीकापुरमा पाँच महिनामा लागुऔषधका ७० मुद्दा दर्ता

टीकापुरमा पाँच महिनामा लागुऔषधका ७० मुद्दा दर्ता

टीकापुर : इलाका प्रहरी कार्यालयले पाँच महिनामा लागुऔषध दुर्व्यसनीका ७० मुद्दा दर्ता गरेको छ। इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले टीकापुरमा दुव्र्यसनीको सङ्ख्या बढ्न थालेको बताए।

दुर्व्यसनी बढ्न थालेपछि टीकापुरको शान्ति र सुरक्षामा समेत समस्या आएपछि शनिबार टीकापुरस्थित संवाद समूहले सरोकारवालासँग छलफल थियो। छलफलमा उनले ७० वटा मुद्दा दर्ता भएको र दुर्व्यसनीको सङ्ख्या बढ्दै गएकोमा चिन्ता गरे। प्रहरी प्रमुख शाहीले कैलालीको ८५ किलोमिटर सीमा खुला भएका कारण भारतबाट लागुपदार्थ सहजरुपमा भित्रने गरेको बताए।

Hardik ivf

‘खुला नाका छ, सवारी साधन जाँचमा कडाइ गरेका छौँ, लागु पदार्थ सेवनकर्तालाई पुनःस्थापना केन्द्रमा पठाउने गरेका छौँ’, उनले भने, ‘लागुऔषधको प्रयोग बढ्दै जाँदा चोरीका घटना वृद्धि भएको छ।’

‘भारतमा रु दुई हजारदेखि दुई सयदेखि रु दुई हजार चार सय  प्रतिग्राम पाइने ब्राउन सुगर नेपालमा रु १८ हाजर देखि रु २० हजार पर्छ’, पुनःस्थापना केन्द्र सञ्चालक कल्पेश कुँवरले भने, ‘कतिपय प्रयोगकर्ता वितरक हुने गरेका छन्।’ स्थानीय सरकारले लागुऔषध नियन्त्रणका बारेमा खासै चासो नदिएको उनको भनाइ थियो। अर्का सञ्चालक उपेन्द्र बटालाले तीन महिना पुनःस्थापना केन्द्रबाट उपचार लिएपछि बेरोजगार बस्नुपर्दा कुलतबाट बाहिर आउन नसकेको घटना पाएका छौँ भने। ‘दुर्व्यसनीलाई कुलतबाट टाढा राख्न शारीरिक, मानसिक र आध्यात्मिक परिवर्तन आवश्यक पर्छ’, उनले भने, ‘अभिभावक सचेत नहुँदा घटना लुकाउने र उल्टो संरक्षण गर्न लाग्ने गरेको पाइन्छ।’

यसैगरी अर्का सञ्चालक सौरभ रावलले लागुऔषध नियन्त्रणका लागि प्रत्येक अभिभावक सचेत हुन जरुरी छ भने। ‘लागुऔषध प्रयोग गरेपछि कस्तो व्यवहार देखाउछ भन्ने बारेमा प्रत्येक अभिभावकले बुझ्न जरुरी छ’, उनले जोड दिए, ‘पुनःस्थापना केन्द्रले तीन महिना खान नदिने मात्र हो, त्यसपछि अभिभावकको हातमा हुन्छ।’ टीकापुरस्थित सामुदायिक सेवा केन्द्रका अध्यक्ष हरि तिमिल्सेनाले सामुदायिक सेवा केन्द्रले दुर्व्यसनी रोक्न चेतनामुलक कार्यक्रम गरिरहेको बताए। उनले टीकापुरमा मात्र ४३ वटा टोल समिति बनाएर अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका बारेमा काम गरिरहेको जानकारी गराए। 

नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका सभापति दत्तबहादुर विष्टले दुर्व्यसनी कम गर्ने सवालमा अभिभावकको भूमिका नै महत्वपूर्ण भएकाले अभिभावक सचेत हुनपर्छ भने। नेपाली कांग्रेसका नगरसभापति नरेशकुमार खत्री, नेकपा एमालेका नगर अध्यक्ष ध्रुव खत्री, नेकपा समाजवादीका जिल्ला सदस्य जगदीश्वर पण्डित, संवाद समूहका सदस्य भुवनेश्वर अधिकारीलगतयले लागुऔषध नियन्त्रणमा सबैले इमान्दारीपूर्वक भूमिका र्निबाह गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १४:१८ बजे, आइतबार, असोज १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्