Kathmandu Press

अर्घाखाँचीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए।
अर्घाखाँचीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

अर्घाखाँची, असोज १६ : अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ। 

गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए। गाउँपालिकाको यही असोज १२ गतेको निर्णयअनुसार नयाँ भाडादरसहित एम्बुलेन्स सञ्चालनमा आएको छ।  

गाउँपालिकाले स्थानअनुसार रु पाँच सयदेखि रु एक हजार ५०० सम्म भाडा निर्धारण गरेको छ। पाणिनी गाउँपालिका– ५, ६, ७ र ८ देखि सन्धिखर्कसम्म रु दुई हजार, पाणिनी गाउँपालिका– १, २, ३, ४ र ५ को भर्तीपुरदेखि सन्धिखर्कसम्म रु तीन हजार, पाणिनी गाउँपालिकादेखि पाल्पासम्म रु चार हजार ५००, पाणिनी गाउँपालिकादेखि पाल्पा हुँदै बुटवलसम्म रु. छ हजार ५०० र पाणिनी गाउँपालिकादेखि बुटवलसम्म रु पाँच हजार ५०० भाडा तोकिएको छ।

ambulance1664699049.jpgअन्य स्थानको हकमा कच्ची बाटोमा प्रतिकिलोमिटर रु ८० र पक्की बाटोमा प्रतिकिलोमिटर रु ४० भाडा तोकिएको पालिकाले जनाएको छ।

प्रकाशित मिति: १४:०९ बजे, आइतबार, असोज १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्