Kathmandu Press

हेटौँडामा धार्मिक विधिपूर्वक फूलपाति भित्र्याइयो

उक्त अवसरमा नेपाली सेनाको एक टुकडी र नेपाल प्रहरीको जवानले हर्षबढाईसहित सलामी अर्पण गरेका थिए।
हेटौँडामा धार्मिक विधिपूर्वक फूलपाति भित्र्याइयो

हेटौँडा,असोज १६ : बडादसैँको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका–१० राप्तितडस्थित गोरेक्षश्वर महादेव मन्दिरको परिसरबाट आज बिहान निस्किएको धार्मिक भक्तजनको शुभयात्रासहित ल्याइएको फूलपाती स्थानीय भूटनदेवी मन्दिरको जमरा घरमा धार्मिक विधिपूर्वक भित्र्याइयो।

उक्त अवसरमा नेपाली सेनाको एक टुकडी र नेपाल प्रहरीको जवानले हर्षबढाईसहित सलामी अर्पण गरेका थिए।

Hardik ivf

आजै बिहान फूलपाती लिन मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डे, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, बागमती प्रदेशका प्रहरी नायब महानिरीक्षक ९डिआइजी० किरण बज्राचार्य, नेपाली सेनाका उच्च अधिकृत, स्थानीय समाजसेवी, धार्मिक भक्तजन र राजनीतिक दलका प्रतिनिधि स्थानीय गोरेक्षश्वर मन्दिरमा पुगेका  थिए।

यसैगरी गोरेक्षश्वर मन्दिरबाट निस्किएको अर्को धार्मिक शुभयात्राले हेटौँडा उपमहानगरपालिका–२ वनस्खण्डीको जमरा घरमा ल्याएको फूलपाती आजै वनस्खण्डी मन्दिरमा भित्र्याइएको मन्दिर  व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए।

सोही स्थानमा फूलपाती भित्र्याउन नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाँक्री र धार्मिक भक्तजन सम्मिलित शुभयात्राले हेटौँडा नगरको विभिन्न स्थानमा परिक्रमा गरेको थियो। 

प्रकाशित मिति: १३:२१ बजे, आइतबार, असोज १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्