Kathmandu Press

दसैंमा सर्वसाधारणका लागि खोलियो देवी प्रतिमा

पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा सप्तमीका दिन बेलफलको भेट्नुले खोस्रेर उघारेपछि प्रतिमास्थलको पर्दा उघार्ने मैथिल परम्परा छ ।
दसैंमा सर्वसाधारणका लागि खोलियो देवी प्रतिमा

काठमाडाैं, असाेज १६ : महोत्तरीसहितका मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् ।

मिथिलामा शारदीय नवरात्रका अवसरमा निर्मित दुर्गा भवानीका प्रतिमा आज महासप्तमी (पूmलपाती)का दिन बेलको भेट्नुले आँखा खोलिएसँगै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् ।

पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा सप्तमीका दिन बेलफलको भेट्नुले खोस्रेर उघारेपछि प्रतिमास्थलको पर्दा उघार्ने मैथिल परम्परा छ ।

Hardik ivf

आँखा नउघारिएसम्म देवी प्रतिमाको प्राणप्रतिष्ठा नहुने भएकाले पूmलपातीका दिनमात्र आँखा उघारेर प्रतिमा सर्वसाधारणका लागि खुला गरिन्छ । आँखा उघारेर प्राणप्रतिष्ठा गरिएपछि प्रतिमामा साक्षात देवी अवतरित हुने जनविश्वास छ ।
 
देवी प्रतिमास्थल खुला गरिनुअघि आज एकाबिहानै बाजागाजासहित बेलको रुखनिर पुगेको पुरोहितसहितको टोलीले आँखा उघार्ने प्रयोजनका लागि शनिबार ९षष्ठी अर्थात् नवरात्रको छैटौँ दिन०  निम्ता गरिएको बेल टिपेर ल्याएको थियो ।

त्यही बेलको भट्नुले देवी प्रतिमाको आँखा खोस्रेर उघारिएको थियो । यसअघि हिजो षष्ठीका दिन बेललाई रातो रुमालले बाँधेर ‘बेलनौत’ (बेलनिम्ता) विधि सम्पन्न गरिएको थियो ।

फूलपातीका दिन आज मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा विशेष पूजाअर्चना गरेर पशुबलि  दिन थालिएको छ । दसैँ पर्वका अवसरमा जिल्लाको औरही नगरपालिका–७ को भोइलस्थित सोनामाई मन्दिरमा नवरात्रको पाँचौँ दिनदेखि नै भूतमेला (तान्त्रिक) सुरु भएको छ ।

अघि सत्ययुगमा दुर्गा भवानीले दमन गरेकी राक्षसी दुष्ट आत्मा र तिनका अनुयायीले दुःख दिएकाहरूको दुःख निवारणका लागि धामी–झाँक्रीले ती दुष्टात्मालाई तह लगाउन तान्त्रिक विधिबाट देवीको आराधना गरिने चलनलाई  यहाँ बोलीचालीमा भूतमेला भन्ने गरिएको हो ।

महोत्तरीका देवी शक्तिपीठ र सोनामाई, बर्दिबास नगरपालिका–४ माइस्थानस्थित पञ्चधुरा माई, जलेश्वर नगरपालिका–१ स्थित संसारीमाई, राजदेवी माई, भङ्गाहा नगरपालिका–५ स्थित गढीमाई, दुर्गा मन्दिर र पिपरा गाउँपालिकाको बनौलीमोडस्थित बौकीमाई मन्दिरमा फूलपाती विशेष पूजासँगै पशुबलि दिन थालिएको छ ।

महोत्तरीका यी देवी शक्तिपीठ र मन्दिरबाहेक ४० भन्दा बढी ठाउँमा देवी प्रतिमा निर्माण गरिएका छन् । यी ठाउँमा आयोजित दुर्गा मेला (जात्रा)मा आयोजित खेल तमासा हेर्न आज एकाबिहानैदेखि दर्शकको भीड बढ्दो छ । मिथिलामा पर्वविशेषमा बनाइएका माटाका देवी प्रतिमा विजयादशमीका दिन जलाशयमा विसर्जन गरेसँगै दुर्गा मेला सम्पन्न हुने परम्परा छ ।

प्रकाशित मिति: ०८:४५ बजे, आइतबार, असोज १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्