Kathmandu Press

काश्मिरका चलचित्र हल १४ बर्षपछि पुनः सञ्चालन

काश्मिरका चलचित्र हल १४ बर्षपछि पुनः सञ्चालन

श्रीनगर : भारत प्रशासित कास्मीरमा १४ बर्षपछि चलचित्र हलहरू पूनः सञ्चालन गर्न थालिएको छ।

धेरै ठाउँमा चलचित्र देखाउन मिल्ने एउटा चलचित्र हल शनिबारदेखि सञ्चालनमा आएको छ भने अन्य हलहरू पनि सञ्चालनको तयारीमा रहेको बताइएको छ।

तीन बर्ष अगाडिदेखि भारतको प्रत्यक्ष शासन अन्तर्गत आएको काश्मिरमा अहिले आएर चलचित्र हल खुल्न लागेका हुन्।

Hardik ivf

धेरै जनधनको क्षति हुनेगरी चलेको झण्डै एक दशक लामो युद्धका कारण त्यहाँका चलचित्र व्यवसायीहरु विस्थापित भएकाले चलचित्र हलहरु बन्द भएका थिए।

अहिले चलचित्र देखाउन थालिएपनि दर्शकको सङ्ख्या भने अत्यन्त न्युन रहेको व्यवसायीहरूले बताएका छन्। ५२० सिट रहेको हलमा झण्डै एक दर्जन मात्रै दर्शक रहेको उनीहरूले जानकारी दिएका छन्।

चलचित्र प्रदर्शनीको सुरुवात गत सेप्टेम्बर २० तारिखमा गरिएको थियो। त्यसको उद्घाटन काश्मिरका लागि भारतका उच्च प्रशासक मनोज सिन्हाले गरेका थिए। सो चलचित्र हलको सञ्चालन काश्मिरका व्यवसायीसँग मिलेर भारतीय व्यवसायीले गरेका हुन्।

'मानिसहरू अझै पनि चलचित्र हेर्नेतर्फ सोँचेको देखिएको छैन, उनीहरू चलचित्रबाट धेरै टाढा पुगेकाले फेरि पहिलेकै अवस्थामा ल्याउन अझै केही समय लाग्न सक्छ, त्यो स्वभाविक हो,' एक स्थानीयले भने।

अर्का एक स्थानीयको भनाइ थियो, 'चलचित्रका बारेमा आम नागरिकको फरक फरक धारणा पाइन्छ, कतिपयले चलचित्र हेर्नुलाई राम्रो मान्छन् भने कतिपयले गलत मान्दछन्, मैले भने यसलाई प्रगतिको सङ्केतका रुपमा लिन्छु।'

शनिबारको दिवाकालीन र सन्ध्याकालीन प्रदर्शनीमा कूल सीट सङ्ख्याको १० प्रतिशतभन्दा कम दर्शक आएको पाइएको छ।

प्रकाशित मिति: २०:२४ बजे, शनिबार, असोज १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्