Kathmandu Press

उपचारका क्रममा रहेका दुई कैदीबन्दी फरार

उपचारका क्रममा रहेका दुई कैदीबन्दी फरार
Hardik ivf

माेरङ : क्षयरोगको उपचारमा रहेका दुई कैदीबन्दी आज फरार भएका छन्। नेपाल क्षयरोग निवारण संस्था विराटनगरमा–७ मा उपचारका क्रममा रहेका झापाको सरणामतीका २८ वर्षीय राजकुमार हेमरम र सोही जिल्ला बिर्तामोडका २८ वर्षीय मन्जिल गुरुङ फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उपचार गरिरहेकै बेला दुवै जना फरार भएका हुन्। हेमरम जबर्जस्ती करणी मुद्दाअन्तर्गत १६ वर्ष कैद सजाय पाएका कैदी हुन् भने गुरुङ लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका कैदीबन्दी हुन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फरार कैदीबन्दीलाई सीमानाकासहित अन्य स्थानमा खोज गरिरहेको श्रेष्ठले बताए। कैदीको सुरक्षामा खटिएका दुई प्रहरीमाथि आवश्यक सोधपुछ एवं छानबिन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:०६ बजे, शनिबार, असोज १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्