Kathmandu Press

युक्रेनका केही भाग गाँभ्ने रुसी निर्णयको फ्रान्सद्वारा तीव्र आलोचना

उनले यो कदमको फ्रान्सले विरोध गरेको र आफ्नो भूभाग फिर्ता लिन रुस विरुद्धको युद्धमा युक्रेनको साथमा रहेको समेत प्रतिबद्धता व्यक्त गरेका छन्।
युक्रेनका केही भाग गाँभ्ने रुसी निर्णयको फ्रान्सद्वारा तीव्र आलोचना

पेरिस, असाे १५ : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार युक्रेनी भूभाग रुसद्वारा गाभिएको कार्यको निन्दा गर्दै यसलाई अन्तरराष्ट्रिय कानून र युक्रेनी सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन भएको बताएका छन्।

उनले यो कदमको फ्रान्सले विरोध गरेको र आफ्नो भूभाग फिर्ता लिन रुस विरुद्धको युद्धमा युक्रेनको साथमा रहेको समेत प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले ट्वीट गर्दै लेखेका छन्, 'रुसको चार युक्रेनी क्षेत्र गाँभ्ने कदम अवैध भएको, यसले अन्तरराष्ट्रिय कानून र युक्रेनी सार्वभौमिकता को गम्भीर उल्लङ्घनु' गरेको बताएका छन्।

'फ्रान्सले यसको विरोध गर्दछ, रुसी आक्रमणको सामना गर्न र युक्रेनलाई आफ्नो सम्पूर्ण भू–भागमा पूर्णस्वामित्व स्थापित गर्न, सार्वभौमसत्ता पुनःप्राप्त गर्ने कदममा युक्रेनको साथमा उभिनेछ,' उनले ट्वीटरमा लेखेका छन्।

रुसी कदमको पश्चिमबाट व्यापक आलोचना

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको चार क्षेत्रलाई विलय गर्ने घोषणा गरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसलाई 'छिटो र गम्भीर मूल्य' चुकाउनुपर्ने चेतावनी दिएको छ। 

उक्त कदमलाई 'अवैध' भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले सधैं युक्रेनको अन्तरराष्ट्रिय मान्यता प्राप्त सिमानाको सम्मान गर्ने र सैन्य र कूटनीतिकरूपमा आफ्नो देशलाई बलियो बनाएर आफ्नो क्षेत्रको नियन्त्रण पुनःप्राप्त गर्ने युक्रेनी प्रयासलाई समर्थन जारी राख्ने  बताएका छन्।

प्रकाशित मिति: १६:१७ बजे, शनिबार, असोज १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्