Kathmandu Press

इरानमा सरकार विरोधी प्रदर्शनमा १९ जनाको मृत्यु

कुर्दिश महिला, महसा अमिनी अनुचित पोशाक लगाएको आरोपमा युवकको गिरफ्तारपछि प्रहरी हिरासतमा मृत्यु भएको थियो।
इरानमा सरकार विरोधी प्रदर्शनमा १९ जनाको मृत्यु

तेहरान, असाेज १५ : इरानमा एक २२ वर्षीय युवकको मृत्युलाई लिएर देशमा शुरु भएको सरकार विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको भएको घातक झडपमा शुक्रबार १९ जनाको मृत्यु भएको छ।

कुर्दिश महिला, महसा अमिनी अनुचित पोशाक लगाएको आरोपमा उनको गिरफ्तारपछि प्रहरी हिरासतमा मृत्यु भएको थियो।

Hardik ivf

इरानको सरकारी समाचार एजेन्सी इरनाले सिस्तान र बलुचिस्तानका प्रान्तीय गभर्नर होसेन मोदार्रेस खियाबानीलाई उद्धृत गर्दै  उक्त भिडन्तमा १९ जनाको मृत्यु भएको र २० जना घाइते भएको बताएको छ। इरानी प्रदर्शनकारी र प्रहरीबीच दक्षिणपूर्वी इरानमा हिंसात्मक झडप भएको हो।

इरानको सुन्नी अल्पसङ्ख्यकका उपासकहरूले सिस्तान र बलुचिस्तान प्रान्तको राजधानी जाहेदानमा रहेको मक्की ग्रान्ड मस्जिदमा शुक्रबारको प्रार्थना छोड्दा भिडन्त भएको भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ।

मस्जिद भित्रबाट खिचिएको एउटा भिडियोमा उपासकहरू बाहिर निस्किँदै गर्दा बाहिर बन्दुक पड्किएको आवाज सुनिएपछि  भागदौड मच्चिएको थियो।

प्रकाशित मिति: १५:३९ बजे, शनिबार, असोज १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्