डेंगु रोगबारे जनचेतना फैलाउन भक्तपुरमा र्याली
पर्चा वितरण र पम्प्लेटहरु प्रदर्शन गर्दै नगरपालीकाले जनचेतनामूलक र्याली निकालेको हो।
काठमाडाैं, असाेज १५ : डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले शनिबार जनचेतनामूलक र्याली निकालेको छ।
भक्तपुर नगरको दुधपाटीबाट सुरु भएकोे र्यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।
पर्चा वितरण र पम्प्लेटहरु प्रदर्शन गर्दै नगरपालीकाले जनचेतनामूलक र्याली निकालेको हो।
डेंगु रोगबाट बच्न नगरवासीलाई सुरक्षित व्यवहारका लागि अनुरोध गर्दै र्याली निकालिएको नगरपालीकाले जनाएको छ।
भक्तपुर नगरमा मात्रै ५३० भन्दा बढिमा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।



प्रकाशित मिति: १५:२१ बजे, शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












