सामाजिक सञ्जालसम्बन्धी आयोगको निर्णय सच्याउन माग
समाजवादी प्रेस सङ्गठनका महासचिव भूपराज खडकाले एक विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्ने नियतका साथ संयन्त्रमा सेना र प्रहरीलाई संलग्न गराउने आयोगको निर्णय लोकतान्त्रिक पद्धति अनुकूल नभएको उल्लेख गरिएको छ।
काठमाडाैं,असाेज १५ : समाजवादी प्रेस सङ्गठनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत संलग्न गराई संयन्त्र निर्माण गर्ने निर्वचन आयोगको निर्णयप्रति आपत्ति प्रकट गरेको छ।
समाजवादी प्रेस सङ्गठनका महासचिव भूपराज खडकाले एक विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्ने नियतका साथ संयन्त्रमा सेना र प्रहरीलाई संलग्न गराउने आयोगको निर्णय लोकतान्त्रिक पद्धति अनुकूल नभएको उल्लेख गरिएको छ।
प्रकाशित मिति: १३:५९ बजे, शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार