Kathmandu Press

युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी ३० जनाको मृत्यु, ८८ जना घाइते

जापोरिझ्झिया क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्जेन्डर स्टारुखले टेलिग्राममा भने, 'शत्रुले जापोरिझ्झियाबाट बाहिरिने बाटोमा नागरिक मानवीय काफिलेमा रकेट आक्रमण गरेका छन्।'
युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी ३० जनाको मृत्यु, ८८ जना घाइते

किभ, असोज १५ : युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।

जापोरिझ्झिया क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्जेन्डर स्टारुखले टेलिग्राममा भने, 'शत्रुले जापोरिझ्झियाबाट बाहिरिने बाटोमा नागरिक मानवीय काफिलेमा रकेट आक्रमण गरेका छन्।'

Hardik ivf

युक्रेनको राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लाइमेन्कोलाई उद्धृत गर्दै सीएनएनले उक्त हडतालमा मारिनेमा ११ वर्षीया बालिका १४ वर्षीय युवक रहेको बताइएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार औपचारिक रूपमा चार क्षेत्रहरू डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जियाको विलयको घोषणा गर्दै सो निर्णय लाखौं मानिसहरूको इच्छा  रहेको बताएका छन्।

मिडिया रिपोर्टका अनुसार पुटिनले चारवटा गाँसिएका क्षेत्रका बासिन्दाहरू अब रुसकावास्तविक नागरिक हुने बताएका छन्।

राष्ट्रपतिले अब नयाँ क्षेत्रको रक्षा गर्ने दायित्व रुसको रहेको बताएका छन्। उनले जनमत सङ्ग्रहको नतिजालाई ूलाखौं जनताको इच्छाू पनि भनेका छन्।

गत फेब्रुअरी २४ मा, डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतको लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो। 

प्रकाशित मिति: ११:४६ बजे, शनिबार, असोज १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्