Kathmandu Press

मन्थलीबाट लुक्लाको नियमित उडान सुरु

आज (शनिबार) समिट एयरले लुक्लाका लागि रामेछापबाट पहिलो उडान गरेको छ।
मन्थलीबाट लुक्लाको नियमित उडान सुरु

काठमाडौं, असोज १५ : काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि हुँदै आएको नियमित उडान रामेछापको मन्थलीमा सारिएको छ। 

आज (शनिबार) समिट एयरले लुक्लाका लागि रामेछापबाट पहिलो उडान गरेको छ।  काठमाडौंमा बिहानको समयमा हुने हवाई चाप घटाउन मन्थलीबाट उडानको व्यवस्था गरिएको त्रिभुवन विमानस्थलले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (अक्टोबर १) बाट लागु हुने गरी वायुसेवा कम्पनीहरूले काठमाडौंबाट एकएक उडान मात्र लुक्लाका लागि गर्न पाउने र अन्य उडान मन्थली विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो।

लुक्लामा समिट, तारा र सीता एयरले नियमित उडान गर्दे आएका छन्। कोरोना सुरुहुनुअघि पनि काठमाडौंबाट लुक्लामा भइरहेको उडान मन्थली सारिएको थियो।

प्रकाशित मिति: ०९:३४ बजे, शनिबार, असोज १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्